२०८३ असार १७ बुधबार

डेंगुबाट इलामका ढकालको मृत्यु

इलाम : डेंगुको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन्।

उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए। ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍यायाइएको थियो। प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो।

श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन्।

२०८१ भाद्र ११, मंगलवार प्रकाशित 1 Minute 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।