२०८३ असार १७ बुधबार

नहरमा डुबेर मेचीनगरमा एकजनाको मृत्यु

मेचीनगर । मेचीनगरको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे मेचीनगर नगरपालिका- ७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गरी बस्ने मेचीनगर- ६ काँकरभिट्टाका ५८ वर्षीय पुनेप्रसाद सत्यालको नहरमा डुबेर मृत्यु भएको हो ।

उनी आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेको अवस्थामा मृत फेला परेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०८१ भाद्र ११, मंगलवार प्रकाशित 1 Minute 273 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।