२०८३ असार १७ बुधबार

पालनपोषण गरी हुर्काएकी छोरीलाई गर्भवती बनाउने झड्केलो बुबा पक्राउ

बुद्वशान्ति । झापाकाे बुद्वशान्तिमा आफैले पालनपोषण गरी हुर्काएकी छोरीलाई करणी गरी गर्भवती बनाउने एक झड्केलो बुबा झापामा पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिकामा त्यस किसिमको घटना भएको हो । गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त छैनन् । तिनै ४१ वर्षका झड्केलो बुबाले सानैदेखि पालेका थिए । घटनाको संवेदनशीलतालाई मध्यनजर गरी प्रहरीले पीडित र पीडकका बारेमा खुलाएको छैन ।

बलात्कृत नाबालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुबालाई पक्राउ गरी आबश्यक कार्वाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

२०८१ भाद्र ११, मंगलवार प्रकाशित 0 Minutes 316 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।