२०८३ असार १७ बुधबार

साहसी महिलाको बुलेट यात्रा

काँकरभिट्टा । बुलेट बाइक कुदाउनु आफँैमा महिलाका लागि सहज काम होइन । तर, यो मानसिकतालाई चिर्नुका साथै छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन् भन्ने सन्देश दिन झापा बुद्धशान्ति गाउँपालिका-३ की ५५ वर्षीया सुशीला उप्रेती तिवारीले मेची-महाकाली बुलेट यात्रा सुरु गरेकी छिन् ।

विश्व शान्तिको कामनासहित महिलाहरु सक्षम छन् भन्ने सन्देश दिन तिवारी बुलेट बाइक यात्रामा निस्किएकी हुन् । उनले भदौ ५ गतेबाट पूर्वको मेचीबाट यात्रा सुरु गरेकी छिन् । आउँदो भदौ १५ गत्रे यात्रा समापन हुनेछ ।

तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका-३ स्थित रामजानकी मन्दिरबाट नौमती बाजासहित सुरु भएर जगतगुरु जन्मस्थल हँुदै पूर्वी नाका काँकरभिट्टाबाट बिहान १० बजे सुरु भएको उनका नाति मनिस मैनालीले जानकारी दिए । यात्रामा तिवारीलाई मैनालीले पनि साथ दिएका छन् । समाजमा छोरी बुहारीहरुप्रति रहेको नकारात्मक सोचलाई परिवर्तन गराउन तिवारीले भूमिका खेल्दै आएकी छन् ।

२०८१ भाद्र ७, शुक्रबार प्रकाशित 1 Minute 349 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।