झापा । झापाको कमल गाउँपालिकामा आगलागी हुँदा गाईगोठ जलेर नष्ट भएको छ ।
आज बिहानको राति १:३० बजे कमल गाउँपालिका– २ समयगढ बस्ने देउमान राईको घरनजिकै रहेको बाँसको टाटी बेरा र टिनको छानो भएको दुई तले गाईगोठमा अचानक आगलागी भएको थियो । आगलागीबाट गाईगोठ र गोठमा रहेको २० मन धान जलेर पूर्ण रुपमा नष्ट हुँदा अन्दाजी डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी तोपगाछीको प्रहरी टोली, स्थानीय र कमल गाउँपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



