२०८३ असार १७ बुधबार

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, प्रतितोला एक लाख ५३ हजार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्यले भदौ २ गतेको उच्च मूल्यको रेकर्ड तोडेको हो । भदौ २ गते एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा छापावाल सुन ८०० रुपैयाँले बढेको हो । मंगलबार एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ भाद्र ५, बुधबार प्रकाशित 0 Minutes 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।