२०८३ असार १७ बुधबार

मेचीनगरमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

झापाको मेचीनगर–१३ कालिझोडामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

हिजो राति साढे ८ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका– १३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे. ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्री सनाखत नभएको अन्दाजी ३५ वर्षीय पुरुषलाई घाइते अवस्थामा उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

उनको उपचारको क्रममा हिजो राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा मोटरसाइकलमा सवार मेचीनगर–९ का २९ वर्षीय मन्दिप मेचे र सोही ठाउँका २५ वर्षीय सागर मेचे समेत घाइते भएका थिए ।

उनीहरूलाई पनि उपचारका लागि सोही अस्पतालमा लगिएकोमा सागरको बुधवार दिउँसो २ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

२०८१ श्रावण ३०, बुधबार प्रकाशित 0 Minutes 526 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।