२०८३ असार १७ बुधबार

भद्रपुरमा डुबेर एक बालकको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका- १ स्थित देवी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा सोही ठाउँका स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार साँझ ५ बजे खोलामा खेल्ने क्रममा ती बालक डुबेको अवस्थामा स्थानीयले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएका थिए । अस्पताल पु¥याउनसाथ चिकित्सकले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

शवको कानुनी प्रक्रिया पश्चात् पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ श्रावण २८, सोमबार प्रकाशित 1 Minute 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।