२०८३ असार १७ बुधबार

झापामा डेंगु संक्रमण पुष्टि भएकी अनिताकाे मृत्यु

झापा हल्दिबारी गाउँपालिका- ४ की  ४० वर्षीया  अनिता पौडेलको डेंगु संक्रमणबाट  मृत्यु भएको  पुष्टि भएको छ ।

बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासंगै डेंगु पोजिटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा विहिबार मृत्यु भएको थियो ।

हल्दिबारी- ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा उनी कार्यरत रहेकी थिइन् । झापामा यस वर्ष पहिलो पटक डेंगु संक्रमणबाट मृत्यु भएको हो । गत वर्ष बीएण्डसी अस्पतालमै पाँचजनाको डेंगु संक्रमणबाट मृत्यु भएको थियो । करिव आधा दर्जन डेंगुका विरामीहरु बीएण्डसीमा उपचाररत रहेको फोकल पर्सन सकुन्तला भुटियाले जानकारी दिएकी छन् ।

२०८१ श्रावण २६, शनिबार प्रकाशित 1 Minute 365 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।