२०८३ असार १७ बुधबार

मेचीनगरमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु

मेचीनगर, २४ साउन । मेचीनगरमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको छ ।

सर्पले डस्दा मेचीनगर नगरपालिका-८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो ।

बुधबार राति घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको र उपचारका लागि समयमै अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको मेचीनगर-८ का वडा अध्यक्ष गिरिराज धमलाले बताएका छन् ।

२०८१ श्रावण २४, बिहीबार प्रकाशित 1 Minute 416 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।