२०८३ असार १७ बुधबार

इलामको गरुवा पुलमा ३ जना सवार मोटरसाइकल दुर्घटनाः १ जनाको मृत्यु, २ घाइते

इलामको माई नगरपालिका-२ गरुवा पुलस्थित बिर्तामोड–महमाई भित्री सडक खण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

हिजो गरुवा पुलस्थित बिर्तामोड–महमाई भित्री सडक खण्डमा शुक्रबारेबाट सितलीतर्फ जाँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलको बीचमा सवार माई नगरपालिका १० गजेनी भन्ज्याङ बस्ने वर्ष अन्दाजी २६ का दिनेश कार्कीको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल बिर्तामोड ल्याइएकोमा साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकल चालक माई नगरपालिका १० गजेनी भन्ज्याङ बस्ने वर्ष ३२ का विनोद लिम्बूको टाउकोमा चोट, बायाँ खुट्टा फ्याक्चर भएको, अवस्था गम्भीर र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष १६ का रोशन लिम्बूको बायाँ हात र मुखमा चोट, अवस्था मध्यम रहेको छ । ती दुवै घाइतेको बिर्ता सिटी हस्पिटलमै उपचार भइरहेको छ । ।मोटरसाइकल प्रहरी चौकी दानावारिले नियन्त्रणमा लिएको छ ।

२०८१ श्रावण १९, शनिबार प्रकाशित 1 Minute 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।