२०८३ असार १७ बुधबार

झापामा एक हजार ११० नयाँ उद्योग दर्ता

झापा । आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार ११० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन्। घरेलु  तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६२९ र वाणिज्यतर्फ ४८१ फर्म दर्ता भएका हुन् ।
कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार २८८ उद्योग खारेज हुँदा एक हजार ७०८ उद्योगले नवीकरण गरेका छन्। गत आवमा २४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी तीन अर्ब २८ करोड रुपैयाँले बढेको थियो। वाणिज्यतर्फ २७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार रुपैयाँ भएको छ।

कार्यालयले गत आवमा दुई करोड ६८ लाख ९० हजार ७५० रुपैयाँ राजस्व संकलन गरेको छ। आव २०७९/८० मा एक करोड ८० लाख ६ हजार रुपैयाँ संकलन भएको थियो।

२०८१ श्रावण १७, बिहीबार प्रकाशित 0 Minutes 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।