शिवसताक्षी । दिवङ्गत बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एक जना व्यक्तिको निधन भएको छ । शिवसताक्षी नगरपालिका-११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो ।
काजक्रिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो ।

सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो । बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



