२०८३ असार १७ बुधबार

एक मिनेटमै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई सेयर बजारमा ब्रेक

सेयर बजार परिसूचक नेप्से परिसूचक करिब ४ प्रतिशत (३.९९) प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ।

नेप्से ३.९९ प्रतिशत बढेर २६७०.८२ विन्दुमा पुगेको हो।

बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेको हो। १०२.६८ अंकले बजार बढ्दा यतिखेरसम्म २७ करोड २० लाख रूपैयाँको सेयर किनबेच भएको छ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ। यसको असर बजारमा देखिएको हो।

सोही कारण लगानीकर्ता उत्साहित भएका छन्।

२०८१ श्रावण १३, आईतवार प्रकाशित 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।