२०८३ असार १७ बुधबार

लायन्स क्लब मेचीनगरले विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री

२८ असार मेचीनगर । लायन्स क्लब अफ मेचीनगरले विपन्न २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

सामाजिक दायित्व अनुसार सदैव मानवीय सेवामा समर्पित क्लबले शुक्रबार मेचीनगरमा रहेका आर्दश मावि, ग्रिन भिलेज, सनसाइन र एभरेष्ट बोर्डिमा अध्ययनरत विद्यार्थीहरुलाई कापी, डटपेन, र छाता वितरण गरेको क्लबका अध्यक्ष दिनेश पोख्रेलले बताए ।

टोकला युवा क्लबको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका जोन चियर पर्शन सन्तोष आचार्य, प्रथम उपाध्यक्ष दिपक कार्की, क्लबका डाइरेक्टर नवराज प्रधान, सचिव योगेश घिमिरेलगायतले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

शिक्षा, स्वास्थ्य र आवसलगायत क्षेत्रमा योगदान पुर्याउदै आएको अध्यक्ष पोख्रेल बताउँछन् ।

२०८१ असार २८, शुक्रबार प्रकाशित 0 Minutes 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।