झापाको गौरीगञ्ज गाउँपालिका ४ आल्तामारीको कदमगाछस्थित नेपाल–भारत सीमाको दशगजादेखि पारीपट्टि गेउरिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । दशगजादेखि करिब १५० मिटर पारीपट्टि भारतको किसनगंज जिल्लाको खनियावादमा रहेको गेउरिया खोलामा डुबेको अवस्थामा एक व्यक्तिको शव आज दिउँसो ३ बजे फेला परेको हो ।
उक्त शव भारत किसनगंज जिल्ला अररिया निवासी ५५ वर्षीय झरिया ऋषिदेवको भएको बताइएको छ । गत आइतबार छोरीको घर आउँदा गेउरिया खोला तर्नेक्रममा उनी बेपता भएका थिए । नेपाल– भारत सीमा भएर बग्ने गेउरिया खोला तर्दा उनी भारतपट्टि नै बेपता भएकाले सीमापारि नै शव फेला परेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



