झापाको बिर्तामोडमा हात्तीले एउटा घरमा क्षति पुर्याएको छ । दुई वटा जङ्गली हात्तीले शुक्रबार बिहानको राति करिब २ बजे बिर्तामोड नगरपालिका–७ खालबाडीका स्थानीय टंकबहादुर जोगीको बासको टाटी बेरा टिनको छानो भएको एक तल्ले कच्ची भान्छा घर भत्काएको छ । हात्तीले भान्छाभित्र रहेको धान, चामल, गहुँ, पिठो लगायतका अन्नपात खाँदा करिब एक लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



