२०८३ असार १७ बुधबार

झापाको मन्दिरमा दान पेटिका फुटाउँदै गर्दा इलामका युवक पक्राउ

झापाको बाह्रदशी– ३ स्थित राधाकृष्ण तथा शिवालय मन्दिरमा दान पेटिका फुटाउँदै गर्दा एक जना युवक पक्राउ परेका छन् । आज बिहान १०.३० बजेतिर मन्दिरको दान पेटिका फुटाउँदै गर्दा इलाम सूर्योदय नगरपालिका १० फिक्कल घर भएका अन्दाजी २७–२८ वर्षका प्रज्वल भनिने प्रेम राई पक्राउ परेका हुन् उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

राईको साथबाट दान पेटिकाबाट चोरी गरेको १२८७ रुपैयाँ , एउटा आइफोन , अर्को मोबाइल , साइकल ,औँठी , चन्द्रमालगायतका सामान बरामद भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले बताए ।

यसअघि पनि मन्दिरमा दान पेटिका चोरी गरेको राईले स्वीकारेका छन् । उनीसँग बरामद सामानहरू पनि उनले चोरी गरेको कुरा बताएको प्रहरी नायव निरीक्षक शर्माले जानकारी दिए ।

२०८१ असार २०, बिहीबार प्रकाशित 0 Minutes 432 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।