२०८३ असार १७ बुधबार

एसईईमा मेचीनगरबाट ५२.४ प्रतिशत उत्तीर्ण

मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरबाट करीब ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा शाखा मेचीनगरले दिएको जानकारीमा मेचीनगरबाट सहभागी कुल १ हजार ९९४ परीक्षार्थीमा १ हजार ४५ जना उत्तीर्ण भएका छन् । जुन सहभागी विद्यार्थीको ५२.४ प्रतिशत हो ।

सामुदायिकतर्फ सहभागी १ हजार ५८ मध्ये ३२२ तथा संस्थागततर्फ सहभागी ९३६ मध्ये ७२३ जना उत्तीर्ण भएको शिक्षा शाखाले जानकारी दिएको छ ।

मेचीनगरबाट सामुदायिक विद्यालयबाट करीब ३१ प्रतिशत तथा संस्थागत विद्यालयबाट करीब ७७ प्रतिशत उत्तीर्ण भएका छन् ।

एसईई परीक्षामा समग्र नेपाल भरमा ४७.८६ प्रतिशत तथा झापामा ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

मेचीनगरको नतिजा नेपाल र झापाको औसतभन्दा केही सुधारिएको आएको पाइएको छ ।

२०८१ असार १६, आईतवार प्रकाशित 0 Minutes 344 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।