२०८३ असार १७ बुधबार

विद्यार्थीलाई रबरको पाइपले कुट्ने शिक्षक निलम्बित

झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ।

विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले जानकारी दिए। उनका अनुसार एक महिनाभित्र उनले समितिमा लिखित स्पष्टीकरण दिनु पर्नेछ। स्पष्टीकरण चित्तबुझ्दो नभए निष्कासन गरिने तिवारीले बताए। विद्यालयले भण्डारीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजो बिहान आन्दोलित अभिभावकहरू साम्य भएका थिए ।

हिजो बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा सर्वपक्षीय छलफल भएको थियो। छलफलमा उनले माफी माग्दै घाइते विद्यार्थीहरूको उपचार गरिदिने सहमति जनाएका थिए । विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो।

आइतबार उनले कक्षा ७ का विद्यार्थीहरूलाई रबरको पाइपले पिटेका थिए। विद्यार्थीहरूको शरीरमा नीलडाम बसेको छ। एक जना विद्यार्थी अस्पताल भर्ना भएका थिए।

२०८१ असार ११, मंगलवार प्रकाशित 0 Minutes 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।