२०८३ असार १७ बुधबार

जनहितकारी विकासे योजना ल्याउन कांग्रेसको माग

धुलाबारी, ९ असार । नेपाली कांगे्रस मेचीनगर ९ वडा समितिले जनहितकारी बजेट, नीति तथा कार्यक्रम ल्याउन वडा कार्यालयमा मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसका वडा सभापति उद्धव बानियाँ नेतृत्वको टोलीले वडाध्यक्ष कञ्चनकुमार तामाङलाई आइतबार मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

माग पत्रमा वडाको सन्तुलित विकासका लागि कार्यक्रमहरु समावेश गर्न माग गरिएको छ । वडामा नवनिर्मित स्वास्थ्य चौकी संचालनमा ल्याउनुपर्ने, सामुदायिक भवन निर्माण अलपपत्र रहेको र तत्काल बजेट बिनियोजन गरी सञ्चालनमा ल्याउनुपर्ने लगागतका मागहरु पत्रमा उल्लेख छ । वडाको स्वास्थ्य, शिक्षा, मानव केन्द्रीत विकास निर्माण लगायतका बुद्दा समेटिएको योजना समावेश गरिएको ध्यानाकर्षण पत्र बुझाइएको वडाका उपसभापति रुद्रकुमार रोक्काले बताए ।

वडाभित्र सञ्चालित विकासे योजनाका समस्या पहिचान तथा आर्थिक वर्ष २०८१(०८२ मा गर्नुपर्ने कार्यक्रमहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । वडा समितिले जनसरोकारका विषयमा उठेका योजनालाई आगामी बजेटमा समावेश गर्न दवाव दिदै आएको छ ।

२०८१ असार ९, आईतवार प्रकाशित 0 Minutes 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।