२०८३ असार १७ बुधबार

झापामा कनकाई नदीको कटानले ९ परिवार बिस्थापित

झापाको कन्काई नदीको कटानले शिवसताक्षीका ९ परिवार बिस्थापित भएका छन् ।

गएराति ८.३० बजेको समयमा शिवसताक्षी नगरपालिका १० बिहानी टोलको पश्चिम तर्फबाट कन्काई माई खोलाले कटान सुरु गरेपछि त्यस टोलका बासिन्दा विस्थापित बनेका हुन् । अति जोखिम रहेका ९ परिवार बिस्थापित बनेकोमा ७ परिवारलाई शिवसताक्षी नगरपालिकाको १० नम्बर वडा कार्यालयको समन्वयमा सोही ठाउँमा रहेको मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको छ । दुई परिवार भने लालपानीस्थित आफ्नै घरमा गएका छन् ।

वडा नं १० बस्ने पञ्ची ऋषिदेव, पुष्प ऋषिदेव, करण ऋषिदेव, वीरेन्द्र ऋषिदेव,प्रेम उप्रेती, गोलबट्टी ऋषिदेव र टुना ऋषिदेवको परिवारलाई स्थानान्तरण गरिएको वडाध्यक्ष हर्कबहादुर सिगुले बताए । १४ जना बालबालिकासहित ३४ जना बिस्थापितहरुलाई खाने व्यवस्था वडा कार्यालयले मिलाएको छ ।

२०८१ असार ७, शुक्रबार प्रकाशित 0 Minutes 322 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।