मेचीनगर । झापाको मेचीनगरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
राजवंशीले ती किशोरीलाई सोही नगरपालिका-९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



