२०८३ असार १७ बुधबार

मोरङको रतुवामाईमा चट्याङले लागेर एक किशोरीको मृत्यु

मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियामा चट्याङले लागेर मंगलबार बिहान एकजना किशोरीको मृत्यु भएको छ।  अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया बिपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घरमै बसिरहेका बेला बिहान ७:३० बजेतिर चट्याङले लागेर बिपना गम्भीर घाइते भएकी थिइन्।

चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ ८:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ।

त्यस्तै, धनपालथान गाउँपालिका -७ कदमाहस्थित एउटा घरमा चट्याङ परेर आगलागी भएको छ। रामा केवरतको घरमा बिहान ४:३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए।

उनका अनुसार चट्याङ पर्नासाथ सुरु भएको आगोले बाँसको टाटीले बारेको र टिनको छानो भएको १ तले घर पूर्ण रूपमा जलेको छ। घरभित्र रहेका सामान पनि जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।

२०८१ असार ४, मंगलवार प्रकाशित 1 Minute 307 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।