२०८३ असार १७ बुधबार

झापामा दुई छोराको हत्या गरी आमाले गरिन आत्महत्या

झापाको शिवसताक्षी नगरपालिका-३ भोटेपुलमा शुक्रबार बिहान एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्। दुई बालकसहित तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय सुजन बेस्राकी २५ वर्षीया श्रीमती अञ्जली बेस्रा , उनका छोराहरू ८ वर्षका विशाल बेस्रा र दुई बर्षका आयुष बेस्रा मृत फेला परेका हुन् । प्रहरीका अनुसार अञ्जली झुन्डिएको अवस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

सुजन बेस्रा वैदेशिक रोजगारीका लागि कतारमा छन्। शवको प्रकृति हेर्दा यो घटना बिहीबार साँझको जस्तो छ,’ स्थानीयवासीले भने ’सबको छेउमा जाँदा विषादी गनाउँछ । छोरालाई विष ख्वाए लगत्तै आफूले पनि विष सेवन गरेको र आत्महत्या गरेको जस्तो घटनाको प्रकृतिले देखिन्छ ।’

२०८१ जेष्ठ ३२, शुक्रबार प्रकाशित 1 Minute 424 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।