२०८३ असार १७ बुधबार

काँकरभिट्टा खानेपानी निर्वाचनको मतपत्र सटिङ गरिदै

काँकरभिट्टा, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मतगणना सुरु भएको छ ।

खानेपानी कार्यालयको सभाहलमा अहिले मतगणनाका लागि सटिङ गर्ने काम भइरहेको छ ।

आज बिहान १२ बजेदेखि मतगणनाको पारम्भिक नतिजा आउन सुरु हुने बताइएको छ ।

शनिबार सम्पन्न मतदानमा चार हजार ९ सय २० मत खसेको निर्वाचन समिति सदस्य दिपक पोखरेलले जानकारी दिए ।

खानेपानीमा कुल मतदाता ६ हजार ६ सय ७४ जना रहेका छन् । मतदानबाट ७३.७१ प्रतिशत मत खसेको उनले बताए ।

२०८१ जेष्ठ २७, आईतवार प्रकाशित 0 Minutes 373 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।