२०८३ असार १७ बुधबार

काँकरभिट्टा खानेपानी निर्वाचनमा ७४ प्रतिशत मत खस्याे

काँकरभिट्टा , २६ जेठ ।  काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावमा ५ हजार २०  मत खसेकाे छ ।

काँकरभिट्टा माविको परिसरमा जारी खानेपानीकाे चुनावमा ७४ प्रतिशत मत खसेकाे निर्वाचन समिति सदस्य केशव पाेखरेलले जानकारी दिए ।

उनले ६ हजार ७७४ मतदाता मध्ये ५ हजार २० जनाले मतदान गरेकाे बताए । विहान ८ वजेदेखि सुरू मतदान ५ वजे सकिएकाे छ ।

मतगणना भाेलि विहान ८ वजेदेखि खानेपानी कार्यालयकाे सभाहलमा हुने निर्वाचन समिति संयाेजक राजु कार्कीले बताए ।

२०८१ जेष्ठ २६, शनिबार प्रकाशित 0 Minutes 433 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।