२०८३ असार १७ बुधबार

झापाको वन कार्यालय अगाडि पार्किङ गरी राखेको कारमा आगलागी

भद्रपुर । भद्रपुर-१० स्थित वन कार्यालय अगाडिको सडकमा पार्किङ गरी राखेको एउटा कारमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कारको वाइरिङ्ग सिस्टममा सर्ट भएर आगलागी भएको जनाएको छ । आगलागीबाट प्र १ ०१ ० च ९८१९ नम्बरको कारको अगाडिको इन्जिन भाग जलेर पूर्ण क्षति भएको छ । भद्रपुर नगरपालिकाको दमकल पुगेर कारमा लागेको आगो नियन्त्रणमा लिएको जनाइएको छ ।

२०८१ जेष्ठ २१, सोमबार प्रकाशित 1 Minute 351 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।