ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आव्हान गरेको दुई दिने यातायात बन्दको झापा र इलाममा खासै प्रभाव परेको छैन ।
आफ्नो माग विपरीत क्रियाकलाप सुरु गरिएको भन्दै सङ्घर्षरत समूहले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो । मेची राजमार्गमा बिहानैदेखि यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगूले बताए ।

त्यस्तै झापाबाट पनि मेची राजमार्ग हुँदै सवारी साधनहरू सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् । तर,बन्दका कारण ताप्लेजुङमा यातायात चलेका छैनन् ।
मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीय समितिलगायतका संघ संस्थाको आयोजनामा बन्द गरिएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



