२०८२ बैशाख २७ शनिबार

नेपाल–भारत सीमा क्षेत्रमा २१ दिने पैदल यात्रा

मेचीनगर । पूर्वी नेपाल-भारत सीमाक्षेत्रबाट २१ दिने पैदल यात्रा सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण मुख्यालय झापाको नेतृत्वमा नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा २१ दिने सीमा पैदल यात्रा तथा अन्तक्रिया बुधबारबाट सुरु गरिएको हो । पैदलयात्रामा मेचीनगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, जिप्रका झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, सशस्त्र प्रहरी बल नेपाल नं २ गण मुख्यालय झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका प्रमुख सेनानी प्राजु बस्नेत, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु, सीमास्थित सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीका युनिटका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

‘सीमासँग सशस्त्र प्रहरी’ कार्यक्रमको धारणा अन्तर्गत नेपाल-भारत सीमा इलाका र सीमा स्तम्भहरुको अनुगमन गर्न, स्थानीयवासीहरुको समस्या/गुनासोहरुको जानकारी लिन, नागरिक र सुरक्षाकर्मीबीच सकरात्मक सम्बन्ध स्थापित गर्न तथा सीमाबासीहरुसँग सम्बन्ध प्रगाढ बनाउने उद्धेश्यसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय तह, स्थानीयवासीहरु तथा सरोकारवाला निकायसहित संयुक्त पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम शुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले बताए ।

चार भागमा विभाजन गरिएको झापा जिल्लाको सीमाक्षेत्रको नेपाल-भारत सीमाको प्रदल यात्रा सीमा स्तम्भ नं ९१/१ बाट शुरु गरिएको हो । २१ दिनमा सम्पन्न गर्ने योजना रहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण मुख्यालय झापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

भारतसँग सीमा जोडिएको झापाको १ सय ४४ दशमलव २ किलोमिटर सीमा इलाकाको संयुक्त अनुगमनका क्रममा सीमा सरोकारबारे स्थानीयबासीसँग संवाद पनि गरिँने प्रेस नोटमा जनाईएको छ । सीमा पैदल यात्राका क्रममा पहिलो दिन मेचीनगर ७ को धनकुटे, भान्साखोलालगायतका स्थानीयवसाीहरुसँग अन्तरक्रिया गरिएको बताइएको छ । झापा जिल्लाको सीमाक्षेत्रको नेपाल-भारत सीमाको सीमा स्तम्भ नम्बर ९१/१ बाट शुरु गरिएको पैदल यात्रा मेचीनगर १ को तिरिङसम्म पुगेको बताईको छ । अन्तक्रियामा सीमाक्षेत्र दशगजा, सीमा स्तम्भको अवस्था, सीमा अपराध, सीमाबासीका समस्या र जनसरोकारका विषयमा पनि छलफल हुने छ ।

झापा जिल्लाको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा हुने र हुनसक्ने अबैध गतिविधिहरु र सोको नियन्त्रणमा नागरिक र सुरक्षाकर्मीहरुको भूमिका अन्तरसम्बन्धका विविध विषयमा अन्तरक्रिया गरी नागरिक र सुरक्षाकर्मीबीच सकारत्मक सम्बन्ध स्थापित गर्नु यो संयुक्त पैदल यात्राको उद्धेश्य रहेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी ’ कार्यक्रम अन्तर्गत झापा जिल्लाको अन्तर्राष्ट्रिय सीमा जोडिएका २१ वडाहरुमा सीमा सहजीकरण समिति गठन भई कार्य गदैं आएको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण मुख्यालय झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक मदन रसाईलीले सञ्चालन गरेको कार्यक्रममा सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको प्रभावकारी उपस्थिती तथा सीमाबासीसँग सहकार्य गर्ने उद्धेश्यले २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा संगठन प्रमुखबाट घोषणा भई कल्याण्कारी सेवा केन्द्रमार्फत सीमाक्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, अल्पसंख्यक, तथा विपन्न, एवम् सिमान्तकृत समुदायका छात्र—छात्रामध्ये सामूदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजार रुपैयाँका दरले शैक्षिक वृत्ति र २ जनालाई नेपाल एपीएफ विद्यालयमा कक्षा १०सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने, सीमा लक्षित प्रदेश स्तरीय बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने, अन्तर्राष्ट्रिय सीमामा जोडिएका जिल्लामा बसोबास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४० प्रतिशत व्याजदरमा न्यूनतम ५ देखि १० लाख रुपैयाँसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने योजना रहेको बताइएको छ ।

२०८० चैत्र ७, बुधबार प्रकाशित 1 Minute 215 Views

ताजा समाचार