काँकरभिट्टा । सहिद दिवसको अवसर पारेर मंगलबार नेपाल विद्यार्थी संघ मेचीनगर र नेपाल विद्याथी संघ काँकरभिट्टा मावि कमिटिले काँकरभिट्टाको बसपार्कमा दीप प्रज्वलन गरेको छ ।
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदहरू प्रति श्रद्धापूर्वक दीप बालेका हुन् । नेपालमा माघ १६ गते सहिद दिवस मनाइन्छ ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा सहिद दिवस मनाउने गरिएको छ ।
बिर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
नेवि संघ काँकरभिट्टा बहुमुखी क्याम्पसले प्रधुमन निरौलालाई नेवि संघ काँकरभिट्टा क्याम्पसको प्रवक्तामा मनोनित गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस झापा सदस्य सिता पोख्रेल, मिना गजमेर, नेपाली काँग्रेस प्रदेश (क) सचिव बिशाल तामाङ, तरुण दलका क्षेत्रिय सभापति अर्जुन राई, आदिवासी जनजाती संंघका अध्यक्ष कुमार तामाङ, नेपाली काँग्रेसका नेता रुपसागर अधिकारी, नेवि संघ मेचीनगरका सभापति प्रज्वल कार्कीलगायतको उपस्थिति रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



