२०८३ असार १७ बुधबार

बुद्धशान्तिस्थित सीतारमेश क्याम्पसमा तालाबन्दी

झापा । बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा स्ववियुले शुक्रबार (आज) तालाबन्दी गरेको छ । स्ववियुले क्याम्पस प्रमुख र लेखाको कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।

स्ववियु निर्वाचन सम्पन्न भएको १० महिना पुरा हुँदा समेत क्याम्पसले आफ्नो दायित्व पुरा नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको सभापति प्रदीप बर्देवाले जानकारी दिए । उनका अनुसार क्याम्पस प्रशासनले स्ववियुलाई गुमनाम बनाउने प्रयास गरेको छ ।

स्ववियुले पाउनुपर्ने अधिकार र बजेट समेत उपलब्ध नगराएकोले तालाबन्दी गरिएको जनाइएको छ । स्ववियु कोषले अनिवार्य प्राप्त गर्नुपर्ने रकम नपाएसम्म ताला नखोल्ने स्ववियु सभापति बर्देवाले जानकारी दिएका छन् । विद्यार्थीको साझा संस्था स्ववियुमाथि क्याम्पसले गरिरहेको व्यवहार बेठिक भएकाले तत्काल सच्याएर पुरा गर्नुपर्ने दायित्व पुरा गर्न बर्देवाले आग्रह गरेका छन् ।

२०८० माघ १२, शुक्रबार प्रकाशित 0 Minutes 373 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।