२०८३ असार १७ बुधबार

अयोध्यामा भोलि रामको प्राण प्रतिष्ठा, भद्रपुरमा झाँकीसहित वृहत् र्‍याली निकाल्ने तयारी

भद्रपुर । भारतको अयोध्यास्थित नवनिर्मित राम मन्दिरको भोलि (सोमबार) उद्घाटन गरी प्राण प्रतिष्ठाको भव्य उत्सव मनाइँदैछ । सोही उत्सवको अवसरमा भोलि भद्रपुरमा पनि झाँकीसहित वृहत् र्‍याली निकाल्न लागिएको छ ।

भद्रपुर- ५ स्थित हनुमान मन्दिरमा आयोजना हुने सो कार्यक्रमलाई सफल बनाउन राजु सोनारको संयोजकमा ४० सदस्य रहने गरी श्रीराम रथ यात्रा समिति गठन गरिएको छ । समितिले मेची किनारस्थित हनुमान मन्दिरबाट निकाल्न लागेको र्‍याली झापा चोक, भानुचोक, अस्पताल मोड, गणेश मन्दिर, देवी बस्ती ,पुरानो नगरपालिकाबाट भद्रपुर बजार हुँदै हनुमान मन्दिर पुगेर समापन गरिने कार्यक्रम रहेको सार्वजनिक हनुमान मन्दिर सञ्चालक समितिका अध्यक्ष आकाश महतोले जानकारी दिए ।

त्यस्तै साँझमा दीप प्रज्वलन  र भजन कीर्तन लगायतको कार्यक्रम सञ्चालन गरिने समितिका सल्लाहकार मेघु रायले जानकारी दिए । त्यस्तै राम उत्सवलाई भव्य बनाउन भद्रपुर मारवाडी सङ्घले पनि सहभागिता जनाउन लागेको छ ।  मारवाडी सङ्घसहित भद्रपुर मारवाडी युवा मञ्च, महिला मञ्च र युवती मञ्चको संयुक्त सहभागिता रहने जनाइएको छ ।

२०८० माघ ७, आईतवार प्रकाशित 1 Minute 390 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।