२०८३ असार १७ बुधबार

झापामा रुखबाट लडेर एक जनाको मृत्यु

झापा । झापामा रुखबाट लडेर एक ब्यक्तिको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-११, दुधे बस्ने  ५९ बर्षीय गंगाराम राईको रुखबाट लडेर शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय एक सामुदायिक बनमा दाउरा काट्न रुख चढेका उनी अचानक लडेका थिए। घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

२०८० माघ ६, शनिबार प्रकाशित 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।