२०८१ बैशाख १३ बिहीबार

जिल्लाभरका शिक्षकलाई मन्टेश्वरी तालिम

धुलाबारी । एन-प्याब्सन झापाको आयोजना तथा इस्ट होराइजन माविको संयोजनमा एकदिने मन्टेश्वरी तालिम मंगलबार धुलाबारीमा सम्पन्न भएको छ ।

साना कक्षाका नानीहरुलाई कसरी असल शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदेश्यले तालिम आयोजना गरिएको हो । तालिम धुलाबारीको इस्ट होराइजन माविमा सम्पन्न भएको हो । तालिममा झापाका २५ बढी विद्यालयका गरी ८० जना शिक्षकको सहभागिता रहेको थियो । इस्ट होराइजन माविका शिक्षक विकास ग्वालले तालिम दिएका हुन् ।

एन-प्याब्सन झापाका अध्यक्ष प्रेम शेर्माको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य इस्ट होराइजन माविका प्रिन्सिपल सन्जिव राईले गरेका थिए । कार्यक्रमको सञ्चालन स्मारिका सामुदायिक अंग्रेजी स्कूल पाडाजुगीका प्रिन्सिपल गुणराज गिरीले गरेका थिए ।

२०८० माघ २, मंगलवार प्रकाशित 1 Minute 109 Views

ताजा समाचार