२०८३ असार १७ बुधबार

बिर्तामोडमा बेलुन फुलाउने मेशिन विस्फोट, एकजनाको खुट्टा चुँडियो, अवस्था गम्भिर

बिर्तामोड नगरपालिका-७ स्थित वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् । स्कुलले मंगलबार आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउने क्रममा ग्यास भरिएको मेशिन विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनलाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए  । वडाध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग छेदविछेद अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा अन्य एकजना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

२०८० माघ २, मंगलवार प्रकाशित 1 Minute 398 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।