२०८३ असार १७ बुधबार

मेचीनगरमा ७२ वर्षीय वृद्ध बलात्कार गरेको आरोपमा पक्राउ

मेचीनगर । मेचीनगरमा ५२ वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन् ।

उनलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८० पुष २७, शुक्रबार प्रकाशित 0 Minutes 482 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।