
भद्रपुर । भद्रपुर नगरपालिकाले पनि राष्ट्रिय भाक्का दिवसका दिन स्थानीय बिदा दिएको छ । आदिवासी राजवंशी समुदायले यही पुस २९ गते आइतबार दिन मनाउने लोकप्रिय पर्व भाक्का दिवसको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिइएको हो । नगर प्रमुख गणेश पोखरेलले शुक्रबार सूचना जारी गर्दै बिदा दिइएको बारेमा जानकारी गराएको हो ।
अति आवश्यक सेवाबाहेक नगरपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने सूचनामा उल्लेख छ । यसअघि कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले भाक्का दिवसमा स्थानीय बिदा दिने निर्णय गरिसकेको छ ।

आज पुस २७ गते पृथ्वी जयन्ती र तोल ल्होसार, पुस २८ गते शनिबार , २९ गते भाक्का दिवस र माघ १ गते माघे सङ्क्रान्ति पर्व परेकोले ती पालिकाहरूमा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । राजवंशी समाज विकास समिति झापाले भद्रपुरमा प्रथम राष्ट्रिय भाक्का दिवस भव्य रुपमा मनाउन लागेको छ ।