मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ स्थित हाटखोलामा घरभित्रबाटै एउटा सिटी सफारी चोरी भएको छ । स्थानीय प्रकाश चौधरीको प्रदेश १–०१–००ह २२७७ नम्बरको निलो रङ्को सिटी सफारी गएराति चोरी भएको हो ।
आफ्नै घर बाहिर साङ्लीले बाँधेर चाबी लगाएर चार्जमा राखेको अवस्थामा चाबी काटेर सफारी चोरी भएको चौधरीले बताए। चोरी भएको जाहेरी स्थानीय प्रहरी चौकीमा गरिएको चालक चौधरीले जनाए । केही दिन अगाडि पनि सोही वडामा अर्को एउटा सफारी चोरी भएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



