क्रान्तिकारी झापाको अध्यक्षमा रञ्जन

बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाको १७ औ जिल्ला सम्मेलनले रञ्जन धमलाको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

झापाको बिर्तामोडमा मंगलवार भएको जिल्ला सम्मेलनले उपाध्यक्षमा सन्दिप प्रसाई, नविन सिटौला, सुरेन्द्र गिरी, लक्ष्मी नेपाल र पुजा कडेललाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै सचिवमा राजन चापागाई, सह–सचिव गंडा बस्नेत, अभिजित दवाडी र शेखर भट्टराई चयन भएका छन् भने कोषाध्यक्ष प्रतिमा गडतौला चयन भएकी छिन् ।

समितिको सदस्यमा सुधिर पौडेल, समिरा मैनाली, प्रकाश लुईटेल, रिजन राजवंशी, नवराज सुवेदी, विमोचन निरौला, बसन्त ताजपुरिया, हेमकुमारी विष्ट, सुचित निरौला, प्रनिशा गडतौला , देवप्रसाद गणेश , मनिषा फागो, हरि भट्टराई, रोशन भारती, दिपा सोरेन, मनिषा कुमारी राजबशी, सुजन दाहाल, किरण दाहाल, विरेन्द्र बस्नेत, भुपेन्द्र दाहाल, प्रबिन अधिकारी, संजिव फुयाल, संजय सम्वाफे, अफताव आलम, विवेक सुवेदी, होमनाथ सुवेदी, वेदु चापागाई, नविन बस्नेत चयन भएका छन् ।

त्यसैगरी सदस्यमा प्रकाश लोहार, निश्चल राई, भवेश दाहाल, निरज बस्नेत, जीवन भुजेल, उत्सव गोर्खाली, सुमन चापागाई, सुशान्त लम्साल, पूजा शिवाकोटी, सुजता बस्नेत, आशिष दाहाल, राजेश गुरागाई, जीवन भुजेल, अर्जुन घिमिरे वि.क., सविता मार्डि, भिमकुमार अधिकारी, सुजन बुढाथोकी, जीवराज दंगाल, उज्वल ओझा, उज्वल बजगाई, दिपेन लिम्बु, विवेक सुवेदी, भेषराज आचार्य, राजिब धिमाल सर्वसम्मत चयन भएका संगठनका पूर्व अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।

‘शिक्षा, स्वास्थ्य, रोजगार मौलिक हक पूर्णकार्यान्वयनका लागि हाम्रो आन्दोलन ! व्यवहारिक तथा रोजगारमुलक शिक्षा प्राप्तिका लागि १७ औ जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ आयोजित जिल्ला संगठनको सम्मेलन ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन हुँदै सम्पन्न भएको पूर्व अध्यक्ष भट्टराईले बताए ।