मेचीनगरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु,

झापा । झापामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्य रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । मृतक आचार्य ग्लोबल आइएमइ बैंक फिक्कल शाखाका प्रमुख हुन् ।

दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा शनिबार बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार मेचीनगर-१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियोे । दुर्घटनामा परी मे ११ प ४४७८ मोटरसाइकलको पछाडि सवार भद्रपुर-१० बस्ने २६ बर्षीय विकास बुढाथोकी र मे ११ प ११३१ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा-१० बस्ने १८ बर्षीय मनिष परियार गम्भीर घाइते भएका छन् ।

उनीहरूको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया