२०८१ भाद्र २३ आईतवार

रुसी राष्ट्रपति पुटिनले दिए ३६ घण्टाका लागि युद्धविरामको आदेश

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले ३६ घण्टाका लागि युद्धविरामको आदेश दिएका छन् । युक्रेनमा क्रिसमस मनाउन दिन उनले युद्धविरामको आदेश दिएका हुन् ।

उनको आदेशसँगै दुई देशबीच जनवरी ६ देखि ७ सम्म युद्ध हुनेछैन ।

पुटिनले रुसी रक्षा मन्त्रीलाई युक्रेनमा युक्रेनमा स्थानीय समयअनुसार शुक्रबार मध्यरातदेखि शनिबार मध्यरात अर्थोडक्स क्रिस्चियन क्रिसमसको साथमा युद्धविराम लागु गर्न निर्देशन दिएका हुन् । अर्थोडक्स क्रिसमस जुलियन क्यालेन्डर अनुसार जनवरी ७ मा मनाइन्छ ।

यता युद्धविराम बारे युक्रेनबाट कुनै प्रतिक्रिया आएको छैन । जसले बिहीबार रूसी अर्थोडक्स चर्चको प्रमुखको आह्वानलाई निन्दनीय जाल भन्दै युद्धविरामलाई अस्वीकार गरेको थियो।

२०७९ पुष २१, बिहीबार प्रकाशित 0 Minutes 342 Views

ताजा समाचार