२०७९ माघ १३ शुक्रबार

बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला केराबारी गाउँपालिका- ८ निवासी २१ वर्षीय २१ योसन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बुद्धशान्ति- ३ स्थित झिलमिले पुल नजिकै मङ्गलवार दिउँसो करिब १ः३० बजे प्र १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर र को २० प ३२७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटना परी मोटरसाइकल चालक लिम्बु र सोही मोटरसाइकल पछाडि सवार बेलबारी नगरपालिका- ४ निवासी १७ वर्षीया लीला श्रेष्ठ घाइते भएका थिए ।

घाइते मध्ये लिम्बुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । यता प्रहरीले दुवै सवारीसाधनसहित ट्याक्टर चालक इलाम जिल्ला रोङ गाउँपालिका- ४ निवासी ३३ वर्षीय डिल्ली बहादुर लेप्चालाई नियन्त्रणमा लिएको छ ।

२०७९ पुष १९, मंगलवार प्रकाशित 1 Minute 87 Views

ताजा समाचार