२०८० आश्विन १५ सोमबार

ललितानिवास प्रकरण : सीआईबीले लियाे माधव नेपालसँग बयान

ललितानिवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ । एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालसँग गएराति सीआईबीले बयान लिएको हो ।

सीआईबीले यही प्रकरणमा अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि गएराति नै बयान लिएको थियो ।सीआईबीका प्रवक्ता नवराज अधिकारीले पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको जानकारी दिए । अधिकारीले उनीहरूसँग बयान कागज भएको बताए । उनले भने, ‘उहाँहरूसँग बयान कागज भएको छ, अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भइरहेको छ ।’ शिलापत्र

२०८० भाद्र ४, सोमबार प्रकाशित 0 Minutes 80 Views

ताजा समाचार