२०८३ असार १७ बुधबार

सुन तस्करीका बारेमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसदमा सुन्नुपर्छ : महामन्त्री शर्मा

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्व संसद सञ्चालन हुनुपर्ने बताए ।

छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेसले भ्रष्टाचारको वर्ग, जाति, धर्म, सम्प्रदाय केही पनि नहुने र भ्रष्टाचार केवल भ्रष्टाचार हुने भन्दै कुनै मोलाहिजा नराखीकन सरकारले छानबिन गर्नु पर्ने ठहर गरेको उनले सुनाए ।

विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको भन्दै सिनामंगल चोकमा सरकारले नै सुन समातेको उनले बताए ।

२०८० श्रावण १९, शुक्रबार प्रकाशित 0 Minutes 351 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।