२०८१ जेष्ठ ५ शनिबार

धान रोपाइँ १३ प्रतिशतले घट्यो

काठमाडौं । गतवर्षको तुलनमा यसवर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुसार गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ घटेको हो ।

यस वर्षको साउन १२ गतेसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष सोही अवधिमा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

सुदूरपश्चिम ९९ प्रतिशत सम्पन्न

यस वर्ष साउन १२ गतेसम्म सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही समयमा ९९ प्रतिशत नै धान रोपाइँ सम्पन्न भएको थियो ।

मधेस प्रदेशमा सबैभन्दा कम धान रोपाइँ भएको छ । उक्त समयमा मधेस प्रदेशमा ५९ प्रतिशतमात्र धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष सोही समयमा ८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

यस्तै, वाग्मती प्रदेशमा ७२ प्रतिशतमात्र धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष सोही समयमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

हालसम्म कोसी प्रदेशमा ८४ प्रतिशत धान रोपाइँसम्म भएको मन्त्रालयले बताएको छ । गतवर्ष सोही समयमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

गण्डकी प्रदेशमा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष सोही समयमा ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले बताएको छ ।

लुम्बिनीमा हालसम्म ८१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष उक्त समयमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

यस्तै, कर्णालीमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गतवर्ष यस समयमा ७८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

२०८० श्रावण १५, सोमबार प्रकाशित 0 Minutes 58 Views

ताजा समाचार