२०८१ आश्विन २८ सोमबार

विश्वप्रकाशको प्रश्न : एमाले बैठकमा ओलीमाथि प्रश्न गर्ने साहस कसैले राख्ला ?

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अरु दलका युवा नेताले नेतृत्वमाथि प्रश्न गर्न नसकेको टिप्पणी गरेका छन् ।

शनिबार कांग्रेसको काठमाडौं ९ (क) प्रदेश कार्य समितिले गरेको कार्यक्रममा उनले कांग्रेसभित्र भने नेतृत्वलाई प्रश्न गर्ने र प्रतिस्पर्धा गर्नेसम्मको अवस्था रहेको बताए ।

हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवामाथि प्रश्न गरेको प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक नै भएको शर्माले बताए । ‘कांग्रेसको लाइभ भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यू भनेर यसरी प्रश्न गर्ने साहस राख्ला ?’ उनले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने ।

कांग्रेसका सभापति देउवासँग महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा नै गरेको भन्दै शर्माले एमालेका युवा नेताहरुले किन प्रतिस्पर्धा गर्न नसकेको भनी प्रश्न गरे ।

‘..(तपाईहरुले चाहिँ किन नगर्नुभएको ? केपी कमरेड अब तपाई होइन, हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि भन्दा एक जना मित्रले के भन्नुभयो भने होइन यार, कांग्रेसमा जस्तो हाम्रो कहाँ छ र ? हाम्रो त कुनामा बस्ने, दुनामा खाने’, उनले भने । अनलाइन खबरबाट

२०८० श्रावण १३, शनिबार प्रकाशित 0 Minutes 247 Views

ताजा समाचार