२०८३ असार १७ बुधबार

विश्वप्रकाशले गरे विदेशमा बस्नेलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा बस्नेहरूमध्येबाट ६ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका छन् ।

१३औँ महाधिवेशनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

नेपालको संविधानले गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकका मात्र अधिकार दिने व्यवस्था गरेको छ । यो व्यवस्थाको पालनाका लागि नेपाली कांग्रेसले विदेशस्थित पार्टीका संगठन जनसम्पर्क समितिमार्फत महाधिवेशन प्रतिनिधि पनि बनाउन नपाउने हो । तर, महामन्त्री शर्माले भने केन्द्रीय समिति बैठकमा सोमबार ६ जना केन्द्रीय सदस्य नै मनोनीत गर्न सभापतिसमक्ष प्रस्ताव गरेका हुन् ।

“कम्तीमा ६ वटा केन्द्रीय सदस्य जनसम्पर्क समितिबाट बनाउने हो भने त्यसले राम्रो सन्देश दिन सक्छ,” महामन्त्री शर्माले बैठकमा भने, “यसअघि विदेशमा बसेकाहरू सबैले अन्त भोट हाल्न लगाए भन्ने कुरा आयो, जुन सत्य होइन ।”

उनले विदेश बस्ने नेपालीहरूलाई संबोधन गर्दै कांग्रेसले नै लडेर गैरआवासीय नागरिकता सुनिश्चित गरेको बताए ।

“बाहिर बस्ने साथिहरू सुन्दै हुनुहुन्छ भने हामी तपाईंको गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न लड्दैछौँ,” शर्माले भने ।

२०८० श्रावण ८, सोमबार प्रकाशित 0 Minutes 373 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।