मेदनीप्रसाद खरेल
“आँशु पोखिन्छ सबको भानुकै सम्झना गरी,
साँवा तिर्नु त छँदैछ भानु, ब्याज मात्रै कर दुई जोडी”
तनहूँको रम्घा जन्मी भानु, संसारैभरि फैलियो ।
पिता धनन्जय भनी, भानु नामले चिनायौ ॥
श्रीकृष्णका नाती, भनिकन आदिकवि बनायौ ।
मन मुटुमा बसेका भानु, माला एकै बनायौ ॥
अयोध्याकाण्ड लेखेथे भानु आफै थुनामा परी ।
अरण्यकाण्ड थपियो, भाव जाग्यो पिंजडा भरि ॥
किष्किन्धा रचना लेख्ने, मौकामा नजरबन्दीको ।
सुन्दरकाण्ड नथपिकनै, अपुरै हुन ग्रन्थको ॥
ढोकै थुनेर बसे लेख्न, नर्बदा आमा भन्छिन् ।
कविता कथुरी रहको होला, गंगाधर प्याच्च भन्छन् ॥
बाजे भन्छन् लेख्ने सुरमा, मसि सकिन्छ जसको ।
बीचमा छाडी ढोका खोले माला चुडिन्छ उसको ॥
तुलसीकाका भन्दैछन् कवितामै रसादि कुरो ।
काशीनाथ माइला भन्छन्, चाकाको मधुनै चुरो ॥
साँवा भन्दा ब्याजको प्यारो भनी, भानुलाई उचाल्थे ।
भाषा, शैली र छन्द, कविता भानु सबैलाई सुनाउथे ॥
भानु १ तिम्रो कान्तिपुरीले हाम्रो मनै तानेर लान्छ ।
घाँसैको डोरीले घाँसीले हातै बाँधेर तान्छ ॥
लामखुट्टे, उपियाँ, संगीका तिम्रा नाचको दृश्य हेर्दै ।
बिन्ति डिठ्ठा विचारी सित, हात भन्छौ र जोर्दै ॥
हाँस्नु छैन कदापी भनिने जमना उस्तै थियो ।
गजाधर सोतीकी बाहुनी समयको फल उस्तै उस्तै थियो ॥
द्वि-शत् बार्षिकी पुगे पनि भानु आज पन जवान छौं ।
तिमीलाई दिएका उक्तिहरुले अमरत्व बनी रहन्छौं ॥
इतिहास बोकेरै आयौं भाषाका नृपति यिनै हुन् ।
भाषा सृष्टि रामायण जस्ता ग्रन्थहरु धेरै छन् ॥
भानु आउँछन् लिई कथा उपकथा उनकै पुरानामा बसी ।
भानु १ एक भरिलो भाषाको झरिलो लेखे पटुकी कसी ॥
दौरा सुरुवाल र पटुकी, नेपाली सान हाम्रो ।
बिर्खे टोपी र खुकुरी, राष्ट्र पोशाक राम्रो ॥
आँशु पोखिन्छ सबको, भानुकै सम्झना गरी ।
साँवा तिर्नु त छँदैछ भानु ब्याज मात्रै कर दुई जोडी ॥