२०८१ भाद्र २३ आईतवार

मेची भन्सार कार्यालयकाे मुख्यत पेट्रोलियम पदार्थ आयातमा कमी भएपछि राजश्व लक्ष्यमा पुगेन

मेचीनगर । मेची भन्सार कार्यालयले चालू आ.व. २०७९/०८० को वार्षिक राजश्व असुलीको लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ ।

पूर्वी सीमा काँकरभिट्टा हुँदै नेपाल भित्रिने पेट्रोलियम पदार्थलगायतका सामान आयातमै कमी आउँदा राजश्व संकलनको लक्ष्य पूरा हुन नसकेको मेची भन्सार प्रमुख अधिकृत राम प्रसाद रेग्मीले बताए । भारत, बंगलादेश, भुटान तथा तेस्रो मुलुकबाट आयात हुने पेट्रोलियम पदार्थ, क्लिङ्कर, कच्चापदार्थ, पेयपदार्थ, खाद्य वस्तु, कोइलालगायतका आयात शून्य भएपछि राजश्व घटेको हो ।

भन्सार बिभागले आर्थिक वर्ष ०७९/८० को जेठ मसान्तसम्मको मेची भन्सार कार्यालयलाई २० अर्ब २४ करोड १८ लाख ३८ हजार रूपैँयाको राजश्व असुलीको लक्ष्य दिएको थियो । तर कार्यालयले असार १५ गतेसम्म १३ अर्ब ६२ करोड ५५ लाख मात्र राजश्व असुली गरेको मेची भन्सार कार्यालयले जानकारी दिएको छ । यो बार्षिक लक्ष्यको ६७ प्रतिशत हुन जान्छ । अब चालू आर्थिक वर्ष सकिन डेढ महिना मात्र छ । लक्ष्य पूरा गर्न कार्यालयले करिब ६ अर्ब ४० करोड राजश्व असुली गर्न बाँँकी देखिन्छ । कार्यालयका अनुसार राजश्व अशुली हुने मुख्य १० वटा माल वस्तु पर्दछन् । जसमा मुख्य त पेट्रोलियम पदार्थ नै हो । गत वर्ष जेठ मसान्तसम्मको तथ्यांकमा ११ अर्ब पेट्रोलियम पदार्थबाट राजश्व असुली भएको थियो भने यो वर्ष ५ अर्बमात्र पेट्रोलियम पदार्थबाट राजश्व असुली भएको छ ।

पूर्वी सीमा नाका काँकरभिट्टाबाट नेपाल आयात हुने मेची भन्सार कार्यालयनै हो ।

पछिल्लो समय सुपारी, रेडिमेड कपडा, इलेक्ट्रिकललगायत पर्दछन तर अहिले यी वस्तुको आयात शून्य छ ।

बिरगञ्ज, भैरवा, काठमाडौै, बिराटनगरपछिको राजश्व असुलीमा मुख्य योगदान पुर्याउदै आएको यो कार्यालयले यो वर्ष मुख्य वस्तु आयातमा कमीका कारण राजश्व घटेको प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले जानकारी दिए । मेची भन्सार कार्यालयले आ.व. २०७७/०७८ मा ११ अर्ब ७५ करोड ९७ लाख ७२ हजारको तार्केट थियो । तर कार्यालयले ११ महिनाकै अवधिमा १३ अर्ब ७१ करोड, ४५ लाख राजश्व असुली गर्न सफल भएको थियो ।

पूर्वी सीमा नाका हुँदै भारत, भुटान, बंगालादेश र तेस्रो मुलुक नेपालबाट अलैची, फलाम, चिया, अदुवा लगायतका कच्चा माल वस्तु निर्यात हुने गरेका स्वाभिमान सन्स एण्ड सप्लायर्सका प्रोपाइटर सन्तोष खवासले बताए । नेपाल आयात हुने वस्तुमा भारतीय कस्टमले जिएस्टीलगायत सिस्टम नियम लगाएर हैरान त बनाएकै छ, खवासले भने, यता भन्सारले बढी राजश्व दरले पनि धेरै व्यवसायी यो नाकाबाट विस्तापित भएको बताए ।

२०८० असार २३, शनिबार प्रकाशित 0 Minutes 241 Views

ताजा समाचार